EducationEvents

IOE पुल्चोक क्याम्पसमा “Herizon” सशक्तिकरण कार्यक्रमअन्तर्गत Fourth Impact Marathon आयोजना हुँदै

काठमाडौँ । IOE पुल्चोक क्याम्पसका छात्राहरूको समूह IOE Pulchowk Girls द्वारा आगामी १० जनवरी (पौष २६ गते) “Herizon” नामक राष्ट्रिय सशक्तिकरण कार्यक्रमको साइड इभेन्ट का रूपमा Fourth Impact Marathon आयोजना गरिने भएको छ।

पुल्चोक क्याम्पसमा अध्ययनरत २४ जना छात्राहरू सम्मिलित यस समितिले पछिल्ला तीन वर्षदेखि निरन्तर आयोजना गर्दै आएको उक्त कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ। “Powered By Purpose: Driven By Impact” भन्ने नाराका साथ आयोजना गरिने यो प्रतियोगिता सबैका लागि खुला रहनेछ।

म्याराथन पुल्चोक क्याम्पसको ग्राउन्डबाट सुरु भई पुनः त्यहीँ आएर समापन हुनेछ। प्रतियोगितामा सहभागीहरूले करिब ७ किलोमिटर दूरी पार गर्नुपर्नेछ। निर्धारित रूट अनुसार पुल्चोक ग्राउन्डबाट लबिम मल हुँदै पाटन ढोका पार गरी ज्वागल, युएन पार्क र कुपण्डोल हुँदै पुनः पुल्चोक ग्राउन्ड फर्किएर दौड सम्पन्न हुनेछ। कार्यक्रम बिहान ६ बजे सुरु हुने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगितामा पुरुष र महिला दुवै समूहतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, सबै सहभागीलाई टी–सर्ट समेत उपलब्ध गराइनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले गुगल फर्म भरेर दर्ता गर्न सक्नेछन्। दर्ता शुल्क रु. १०० तोकिएको छ।

आयोजकका अनुसार, प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम बालगृहमा दान गरिनेछ।अघिल्ला वर्षहरूमा सामाजिक समरसता निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको Impact Marathon ले यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै कार्यक्रमलाई अझ भव्य बनाउने अपेक्षा आयोजकले गरेका छन्।

Related Articles

Leave a Reply

Back to top button